नियम ४०
समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचन तर्फ सिटको बाँडफाँट
(१) नियम ३९ को उपनियम (७) बमोजिम सम्बन्धित प्रदेशका सबै निर्वाचन क्षेत्रबाट समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको मतगणना तालिका प्राप्त भएपछि नियम १३ बमोजिमको निर्वाचन अधिकृतले दलले प्राप्त गरेको सदर मत जोडी त्यस्तो दलले प्राप्त गरेको कुल मत सङ्ख्या यकिन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दलले प्राप्त गरेको कुल सदर मतको आधारमा त्यस्तो निर्वाचन अधिकृतले ऐनको दफा ६० तथा नियम १४ को उपनियम (२) को अधीनमा रही दलले प्राप्त गर्ने सीट सङ्ख्या निर्धारण गरी आयोग समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम दलले प्राप्त गर्ने सीट सङ्ख्या निर्धारण गर्दा त्यस्तो दलले प्राप्त गरेको सीट सङ्ख्याको आधारमा ऐनको दफा ६० को उपदफा (४) बमोजिम त्यस्तो दलको तर्फबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने कुल सदस्य सङ्ख्याको तेत्तीस प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी नाम समावेश गर्नुपर्ने महिलाको सङ्ख्या र त्यस्तो दलले नियम १४ को
उपनियम (२) बमोजिम उम्मेदवारको बन्दसूचीमा समावेश गरेको विभिन्न समावेशी समूहका उम्मेदवारको सङ्ख्याको अनुपातमा ऐनको दफा ६० को उपदफा (२) बमोजिमको मतपरिणाम विभाजक सुत्रको आधारमा अन्य समावेशी समूहबाट प्रतिनिधित्व गराउनु पर्ने सङ्ख्या समेत निर्धारण गर्नु पर्नेछ ।
(४) उपनियम (२) र (३) बमोजिम सम्बन्धित दलले प्राप्त गर्ने र प्रतिनिधित्व गराउनु पर्ने सीट सङ्ख्या आयोगले स्वीकृत गर्नेछ ।