दफा ११
समिति बैठक
: (१) समितिको बैठक समितिको अध्यक्षले तोकेको स्थान र समयमा बस्नेछ ।
(२) तत्काल कायम रहेका सञ्चालकहरूकोकूल संख्याको आधाभन्दा बढी सञ्चालकहरू उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(३) बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ । निजको अनुपस्थितिमा बैठकको अध्यक्षता उपाध्यक्ष भए निजले र निज नभएको अवस्थामा उपस्थित सञ्चालकहरूले छानेको सञ्चालकले गर्नेछ ।
(४) समितिको बैठकमा बहुमतद्वारा निर्णय गरिनेछ । मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत समेत दिनेछ ।
(५) कम्तिमा तीनजना सञ्चालकहरूले समितिको बैठक बोलाउन अनुरोध गरेमा उपदफा
(१) मा जुनसुकै कुरा लेखिएको भएतापनि अध्यक्षले जहिले सुकै पनि बैठक बोलाउनु पर्नेछ ।