नियम १०
समितिका सदस्यको आचरण

१०. समितिका सदस्यको आचरणः

(१) समितिका सदस्यले ट्रष्टको उद्देश्य प्राप्तिका लागि सदासमर्पित रहनु पर्नेछ ।
(२) समितिका सदस्यले देहाय बमोजिमका कार्यहरु गर्नु हुँदैनः–

(क) ट्रष्टको कार्यसँग सम्बन्धित व्यक्तिबाट वा त्यस्तो कार्यसँग सम्बन्धित विषयमा कुनै दान, दातव्य, उपहार ग्रहण गर्न,
(ख) ट्रष्टको कोषबाट कुनैपनि किसिमको सापटी लिन,
(ग) कुनैपनि निर्णय लिनुपर्दा अवाञ्छनीय दवाव तथा प्रभावमा पर्न,
(घ) आफ्नो वा अरु कसैको व्यक्तिगत लाभ हुने काम गर्न,
(ङ) आपूm र आफ्नो स्वार्थ बाँझिने विषयमा निर्णय गर्दा भाग लिन,
(च) प्रचलित कानूनको उल्लङघन हुने कार्य गर्न,
(छ) ट्रष्टको स्रोत र साधनको दुरुपयोग गर्न वा दुरुपयोग गर्नको लागि दुरुत्साहन गर्न,
(ज) समितिको सदस्य वहाल रहुञ्जेल र सदस्यबाट अलग भएपछि कम्तीमा पाँच वर्षसम्म आफ्नो र आफ्नो परिवारको नाममा ट्रष्टको अचल सम्पत्ति खरिद गर्न वा भोगाधिकार प्राप्त गर्न ।