७. समितिको अन्य काम कर्तव्य र अधिकारः
ऐनको दफा ९ मा लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिमको हुनेछः–
(क) ट्रष्टको स्वामित्वमा रहेको सम्पत्ति अल्पकालीन वा दीर्घकालीन रुपमा प्रयोग गरे वापत लाग्ने शुल्क निर्धारण गर्ने,
(ख) ट्रष्टको स्वामित्वमा रहेका पर्यटकीय तथा प्राकृतिक स्थलमा प्रवेशको लागि शुल्क निर्धारण गरी असुल गर्ने,
(ग) ट्रष्टको घर तथा जग्गाको क्षेत्र भित्रको सम्पत्तिको विशेष महत्व, मान्यता वा संवेदनशीलतालाई ध्यानमा राखी त्यस्ता घर, जग्गा वा स्थानमा गर्न नहुने कामहरु तोकी निषेध तथा नियन्त्रण गर्ने वा गराउने,
(घ) समितिले आफ्नो काम, कर्तव्य र अधिकार बमोजिमको कार्य गर्दा आवश्यकता अनुसार नेपाल सरकारका विभिन्न सरकारी वा गैर सरकारी निकाय, सार्वजनिक संस्थाको सहयोग लिने,
(ङ) नेपाल सरकारको पूर्व स्वीकृति लिई कूटनीतिक नियोगको सहयोग लिने,
(च) ट्रष्टको उद्देश्य पूरा गर्न आवश्यक अन्य काम गर्ने वा गराउने ।