नियम १७
समितिको अन्य काम, कर्तव्य र अधिकार
ऐनमा उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) कृषकलाई सूर्ति खेती प्रतिस्थापन गरी अन्य खेती गर्ने तर्फ प्रोत्साहित गर्ने नीति निर्धारण गर्न नेपाल सरकार समक्ष सुझाव पेश गर्ने,
(ख) सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने सम्बन्धमा सम्बन्धित निकायसंग समन्वय र परामर्श गर्ने,
(ग) स्वास्थ्यकर कोषमा जम्मा भएको रकमको व्यवस्थापन तथा सञ्चालन गर्ने, गराउने,
(घ) समितिको काम कारबाही सचारु रुपले सञ्चालन गर्न आवश्यकत अनुसार उपसमिति गठन गर्ने,
(ङ) ऐन तथा यस नियमावलीमा भएको व्यवस्था कार्यान्वयन भए नभएकोे अनुगमन गर्ने, गराउने ।