दफा १७
समितिको काम कर्तव्य
: (१) यस ऐनको अधीनमा रही राष्ट्रिय दृष्टिकोणलाई ध्यानमा राखी निष्पक्ष तथा आधिकारिक, शुद्ध, पक्षपातरहित, विश्वसनीय एवं वास्तविक समाचारको सङ्कलन तथा वितरण गर्नु समितिको कर्तव्य हुनेछ । यस उपदफा बमोजिम काम कर्तव्य गर्दा
समितिले –
(क) नेपालसंगको अन्य राष्ट्रको मित्रतामा एवं विश्वशान्तिमा खलल पर्ने वा शंका उपशंका उब्जने समाचार वितरण गर्नु हुँदैन ।
(ख) ……. कसै माथि बिना प्रमाणको आरोप लगाउने तथा समाजमा भ्रम उठाउने अनावश्यक समाचार वितरण गर्नु हुँदैन ।
(२) उपदफा (१) मा उल्लेखित कर्तव्यको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी समितिले देहायका कुराहरू गर्न सक्नेछ ः-
(क) देशको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रियतालाई सम्बद्र्धन गर्ने तथा जनताको हित हुने किसिमका समाचारहरूको संकलन एवं वितरण
गर्ने ।
(ख) ………. प्रचलित कानुन र नीति अन्तर्गत रही देश र समाजको स्तर उच्च पार्ने, समाजको उत्थान हुने खालका समाचार सङ्कलन
तथा वितरण गर्ने ।
(ग) नागरिक, नैतिक र चारित्रिक भावनालाई आघात नपारी राष्ट्रिय महत्व भएका समाचार संङ्कलन र वितरण गर्ने ।
(घ) समितिभित्र वा बाहिरका व्यक्तिलाई समितिको काम कुरामा शिक्षा एवं तालीमको व्यवस्था गर्ने ।
(ङ) समाचारको विभिन्न संस्करण, वितरण दस्तूर, अन्य दस्तूर आदि
निर्धारण गर्ने र असूल गर्ने ।
(च) समाचार वितरण गर्दा नेपाल ……….. को आधारभूत राष्ट्रिय
एकतालाई ध्यानमा राखी समाचारको स्तरमा सुधार ल्याउन
आवश्यक कदम उठाउने ।
(छ) आफूले गर्न पाउने काम गर्नको लागि चल अचल सम्पत्ति प्राप्त
गर्ने ।
(ज) समितिको सम्पत्ति धितो बन्धक राखी अरुसंग सापटी लिने ।
(झ) समितिको सम्पत्ति भाडामा दिने, बिक्री गर्ने वा अरु प्रकारको
बन्दोबस्त
गर्ने ।
(ञ) धरौटीको ब्याज दिने र समितिको शेयर लाभांश बाँड्ने ।
(ट) आफ्नो अधिकारको प्रयोग गर्न र कर्तव्यको पालन गर्नमा मद्दत
हुने सबै किसिमको करारनामा गर्ने र कार्यान्वयन गर्ने ।
(ठ) समाचारको संग्रह तथा बिक्री वितरणको लागि नेपाल ……….
भर र विदेश समेत ठाउँ ठाउँमा शाखा कार्यालय खोल्ने,
समाचारदाता र सम्पादक नियुक्त गर्ने वा ग्राहक बनाउने ।
(ड) आफ्नो पदाधिकारी र कर्मचारीलाई निवृत्तभरण वा उपदानको
व्यवस्था गर्ने तथा समितिको आर्थिक हित हुने गरी खाता खोल्ने ।
(ढ) आफ्नो रकमलाई नेपाल सरकारले तोकेको धितोमा लगाउने र
मुनाफा आर्जन गर्ने ।
(ण) यो ऐन अन्तर्गतको आफ्नो कर्तव्यहरूको पालन, अधिकारहरूको
प्रयोग र यो ऐनको उद्देश्यलाई कार्यान्वित गर्न आवश्यक र त्यसको
सिलसिलामा चाहिने अरु सबै काम कुराहरू गर्ने ।