दफा ११
समितिको काम, कर्तव्य र अधिकार :

समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) सञ्चालक परिषद्बाट स्वीकृत योजना र कार्यक्रमहरू कार्यान्वयन गर्ने ।
(ख) सञ्चालक परिषद्बाट स्वीकृत योजना र कार्यक्रम कार्यान्वयन गर्दा जनसहभागिता जुटाउने तथा त्यस्तो योजना र कार्यक्रमको स्पष्ट जानकारी जनसमक्ष ल्याउने ।
(ग) बृहत्तर जनकपुर क्षेत्र अन्तर्गत खानेपानी, ढल, विजुली, टेलिफोन, सडक जस्ता सार्वजनिक उपयोगका साधनहरू सुव्यवस्थित गर्ने, फोहर मैला हुन नपाउने गरी स्वच्छता कायम गर्ने र सो क्षेत्रभित्रका नेपाल सरकारका सम्बन्धित कार्यालय, स्थानीय तह र गैर सरकारी संघ संस्थासंग समन्वय राखी कार्यक्रम सञ्चालन गर्ने।
(घ) वातावरणलाई स्वच्छ र सफा पार्न आवश्यक देखिएको ठाउँमा बृक्षारोपण गर्ने, बगैंचा तथा उद्यान निर्माण गर्ने, खुल्ला क्षेत्रको विकास गर्ने, वन्यजन्तु तथा पशुपंक्षीको संरक्षण गर्ने, नदी, नाला, पोखरी, तलाउ, सडकलाई स्वच्छ सफा र स्वास्थ्यकर अवस्थामा राख्ने व्यवस्था गर्ने ।
(ङ) तीर्थस्थलको सुरक्षा, सम्बद्र्धन तथा सरसफाईको लागि व्यापक जनचेतना जगाउन विभिन्न माध्यमबाट प्रचार प्रसार गर्ने र जनसहभागिता परिचालन गर्ने ।
(च) बृहत्तर जनकपुर क्षेत्रभित्र गरिने निर्माण सम्बन्धी आवश्यक मापदण्ड तोक्ने र प्रचलित कानून बमोजिम घर जग्गा प्राप्त गर्ने तथा विभिन्न कार्यलाई जग्गा छुट्याउने कार्य गर्ने ।
(छ) पर्यटनका लागि उपयुक्त हुने स्थलहरूमा पर्यटन विकासका पूर्वाधारहरू खडा गर्ने ।
(ज) बृहत्तर जनकपुर क्षेत्रको विकासमा अभिरुची राख्ने व्यक्ति, राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ संस्था वा निकायसंग सञ्चालक परिषद्को सामान्य निर्देशनमा रही पत्राचार गर्ने, सम्पर्क राख्ने, सहयोग लिने, सम्झौता गर्ने वा आवश्यकअन्य कार्य गर्ने ।
(झ) आफूले गरेको सम्पूर्ण काम कारवाहीको विवरण, समस्या तथा लेखा परीक्षणको प्रतिवेदन समेतका कुराहरू स्पष्ट देखिने गरी वार्षिक
प्रतिवेदन तयार गरी परिषद्समक्ष पेश गर्ने ।
(ञ) सञ्चालक परिषद्ले तोकेका अन्य कार्यहरू गर्ने  ।