नियम ४४
समितिको काम, कर्तव्य र अधिकार
: देहायका विषयमा नेपाल सरकारलाई परामर्श दिनु समितिको कर्तव्य हुनेछ :
(क) पेट्रोलियम कार्य गर्नको लागि ठेकेदारको छनौट ।
(ख) पेट्रोलियम सम्झौतामा संशोधन गर्ने ।
(ग) ………….
(घ) पेट्रोलियम कार्यमा नेपाल सरकार हिस्सेदार बन्ने ।
(ङ) पेट्रोलियमको आन्तरिक मागको आपूर्ति ।
(च) ऐनको दफा १२ बमोजिम पेट्रोलियमको निर्यातमा अस्थायी बन्देज लगाउने ।
(छ) ………….
(ज) ठेकेदारको अधिकार तथा दायित्व सार्ने ।
(झ) संयुक्त हिस्सेदारी (ज्वाइन्ट भेञ्चर) व्यवस्था ।
(ञ) मध्यस्थता सम्बन्धी ।
(ट) पेट्रोलियम सम्झौता रद्द गर्ने ।
(ठ) नेपाल सरकारले तोकेको अन्य जुनसुकै विषय ।