दफा २०
समितिको काम, कर्तव्य र अधिकार
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) सूर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि अपनाउनु पर्ने नीति तथा सुधार गर्नु पर्ने कानूनको सम्बन्धमा मन्त्रालय समक्ष सुझाव पेश गर्ने,
(ख) धूम्रपान तथा सूर्ति सेवनलाई निरुत्साहित गर्न यसबाट पर्ने नकारात्मक असरका सम्बन्धमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने,
(ग) धूम्रपान तथा सूर्ति सेवनको लतमा लागेकालाई सोबाट छुटकारा दिलाई स्वस्थ जीवनयापनको लागि आवश्यक उपाय अवलम्बन गर्ने,
(घ) निरीक्षकको काम कारबाहीको अनुगमन तथा मूल्याङ्कन गर्ने,
(ङ) निरीक्षकको काम कारबाहीको सम्बन्धमा निरीक्षकलाई आवश्यक निर्देशन दिने,
(च) सूर्तिजन्य पदार्थबाट स्वास्थ्यलाई हानि नोक्सानी पु¥याउने विषय पाठ्यपुस्तकमा समावेश गराउन सम्बन्धित निकायसँग समन्वय गर्ने,
(छ) सूर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण र उपभोगमा न्यूनीकरणको लागि आवश्यक काम गर्ने,
(ज) सूर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण र उपभोगको नियन्त्रण गर्न तथा सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम र उपचारको लागि आवश्यक स्रोत जुटाई परिचालन गर्ने,
(झ) तोकिए बमोजिमको काम गर्ने गराउने ।