४. समितिको काम, कर्तव्य र अधिकारः
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) बराहक्षेत्रको विकास तथा संरक्षण सम्बन्धी योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गर्ने,
(ख) वराहक्षेत्रसँग सम्बन्धित साँस्कृतिक, धार्मिक, ऐतिहासिक, सामाजिक तथा पुरातात्विक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बद्र्धन तथा मर्मत सम्भार गर्ने,
(ग) बराहक्षेत्रभित्र पर्यटकीय दृष्टिले उपयुक्त हुने स्थानमा पर्यटन विकासको लागि आवश्यक कार्यक्रमहरू स्वीकृत गरी कार्यान्वयन गर्ने,
(घ) वराहक्षेत्रसँग सम्बन्धित पाण्डुलिपि, शिलालेख, ताम्रपत्र तथा मुद्रित सामाग्रीको सङ्कलन र संरक्षण गर्ने,
(ङ) वराहक्षेत्रभित्रका पशुपन्छी, प्राकृतिक सम्पदा तथा जडिबूटीको रेखदेख तथा संरक्षण गर्ने,
(च) बराहक्षेत्रभित्र सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट सञ्चालन हुने विकास निर्माण कार्य सञ्चालन गर्ने निकायबीच समन्वय कायम गर्ने,
(छ) बराहक्षेत्रमा आउने दर्शनार्थीको सेवा सुविधालाई ध्यानमा राखी आवश्यक सेवा सुविधाको विकास तथा विस्तार गर्ने,
(ज) बराहक्षेत्रमा रहेका गुरुकुल, आयुर्वेदिक शिक्षालय, स्वास्थ्य केन्द्र, पुल, ढल, कुलो, बाटोघाटो, पानी, बिजुली, टेलिफोन, सार्वजनिक शौचालय, धर्मशाला, धार्मिक साधनास्थल, मठ, मन्दिरलाई व्यवस्थित गर्ने,
(झ) बराहक्षेत्रमा लाग्ने कुम्भ मेला लगायतका धार्मिक तथा सांस्कृतिक मेलाहरुको व्यवस्थापन तथा सञ्चालन गर्ने,
(ञ) बराहक्षेत्रको महत्व दर्शाउन आवश्यक प्रचार प्रसार गर्ने गराउने,
(ट) बराहक्षेत्रभित्र कुनै स्थान विशेषको महत्व, गरीमा, मान्यता र सम्वेदनशीलतालाई ध्यानमा राखी त्यस्ता स्थानहरूमा गर्न नहुने कार्यहरू तोकी निषेध र नियन्त्रण गर्ने,
(ठ) बराहक्षेत्रको विकास सम्बन्धी योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्नको लागि विदेशी सरकार, राष्ट्रिय वा अन्तर्राष्ट्रिय सङ्घ, संस्था, निकाय वा व्यक्तिबाट नगद, जिन्सी वा अन्य कुनै प्रकारको सहयोग जुटाउने,
(ड) यस आदेश बमोजिम समितिको उद्देश्य पूर्तिको लागि आवश्यक अन्य कार्यहरु गर्ने, गराउने ।