नियम ६
समितिको काम, कर्तव्य र अधिकार
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
(क) विद्यार्थीहरूको अध्ययनमा सदैव प्रोत्साहन मिल्ने किसिमले उनीहरूको सुविधालाई ध्यानमा राखी आवश्यक व्यवस्था मिलाउने,
(ख) विद्यार्थीहरूको भोजन प्रबन्ध नियमित तथा व्यवस्थित रूपले मिलाउने,
(ग) विद्यार्थीहरूको शारीरिक विकासको निमित्त व्यायाम तथा खेलकूदको साथै अतिरिक्त कार्यकलापको पनि प्रबन्ध मिलाउने,
(घ) विरामी विद्यार्थीहरूको प्रारम्भिक उपचार आदिको प्रबन्ध गर्ने आवश्यक परेर स्थान उपलब्ध भए अस्पताल भर्ना गराउने,
(ङ) छात्रावासको सफाइ तथा पुस्तकालयको व्यवस्था गर्ने,
(च) नेपाल सरकारको, शिक्षा मन्त्रालयबाट निर्दिष्ट अरू कामहरू गर्ने,
(छ) छात्रावासको नियम विरुद्ध कुनै कार्य गरेमा त्यस्ता विद्यार्थीहरूलाई छात्रावासबाट निष्काशित गर्ने, र
(ज) छात्रावासको लागि आवश्यक बजेट बनाउने र नेपाल सरकारबाट निकासा भएको बजेट नेपाल सरकारको खर्च सम्बन्धी नियम अनुसार खर्च गर्ने ।