दफा
समितिको काम, कर्तव्य र अधिकार

समितिको काम, कर्तव्य र अधिकार
देहायबमोजिम हुनेछ ः–
(क) समितिको अल्पकालीन तथा दीर्घकालीन योजना तथा वार्षिक कार्यक्रम स्वीकृत गर्ने,
(ख) समितिको वार्षिक बजेट स्वीकृत गर्ने,
(ग) अन्तरदेशीय धर्मपुत्र, धर्मपुत्री सम्बन्धी विषयमा आवश्यक नीति निर्माण गरी मन्त्रालय समक्ष पेश गर्ने,
(घ) नेपाली बालबालिका विदेशी नागरिकलाई धर्मपुत्र, धर्मपुत्री ग्रहण गर्न दिने शर्त तथा प्रक्रिया, २०६५ बमोजिम नेपाली बालबालिका विदेशी नागरिकालाई धर्मपुत्र, धर्मपुत्रीको रूपमा ग्रहण गर्न दिने सम्बन्धमा छानविन गरी मन्त्रालय समक्ष सिफारिस गर्ने।
(ङ) अन्तरदेशीय धर्मपुत्र, धर्मपुत्री सम्बन्धी बिषयमा विभिन्न निकाय बीच समन्वय गर्ने,
(च) बालगृहरअनाथालयहरूको काम कारवाहीहरूको नियमित अनुगमन गर्ने,
(छ) धर्मपुत्र, धर्मपुत्री लिन चाहने व्यक्तिसँग सम्बन्धित सूचना संकलन तथा संरक्षण गर्ने र त्यस्तो सूचना आपसमा आदान–प्रदान गर्ने,
(ज) अन्तरदेशीय धर्मपुत्र, धर्मपुत्री सम्बन्धी कार्यलाई व्यवस्थित गर्न मन्त्रालयको स्वीकृतिले आवश्यकता अनुसार बालगृह, अनाथालय, बाल सुधार गृह तथा अन्य भौतिक संरचना निर्माण गर्ने, गराउने, साथै सञ्चालन खर्च अनुदान दिने,
(झ) धर्मपुत्र, धर्मपुत्री लिँदा वा दिँदाको प्रक्रिया तथा प्राप्त अनुभव अन्य देशका धर्मपुत्र, धर्मपुत्री सम्वन्धी केन्द्रीय निकाय वा संस्था बीच आदान–प्रदान गर्ने,
(ञ) अन्य देशका धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी केन्द्रीय निकाय वा सो सम्बन्धी अन्य सार्वजनिक निकायले धर्मपुत्र, धर्मपुत्रीको स्थितिका बारेमा कुनै सूचना माग गरेमा उपलब्ध गराउने,
(ट) धर्मपुत्र, धर्मपुत्री लिँदा वा दिँदा हुन सक्ने बाल दुव्र्यवहार, शोषण, ओसारपसार वा अपहरण, बेचबिखन रोक्ने र बालबालिकालाई हानी हुन सक्ने अन्य कुनै अभ्यासबाट नेपाली बालबालिकाको संरक्षण गर्ने,
(ठ) धर्मपुत्र वा धर्मपुत्री लिनको लागि लाग्ने सेवा शुल्क निर्धारण गर्न मन्त्रालयलाई सिफारिस गर्ने,
(ड) धर्मपुत्र वा धर्मपुत्री लिनको लागि आवश्यक प्रक्रिया निर्धारण गर्ने,
(ढ) बालबालिका, निजलाई जन्म दिने बाबु आमा वा धर्मपुत्र, धर्मपुत्री लिने बाबु आमाको अभिलेख गोप्य रूपमा राख्ने व्यवस्था गर्ने,
(ण) अन्तरदेशीय धर्मपुत्र, धर्मपुत्री सम्बन्धी विषयमा शोध, अध्ययन, अनुसन्धान गर्ने, गराउने,
(त) नेपाली बालबालिका विदेशी नागरिकलाई धर्मपुत्र, धर्मपुत्री ग्रहण गर्न दिने शर्त तथा प्रक्रिया, २०६५ बमोजिम सूचीकृत बालकल्याण गृह, अनाथालय वा बालमन्दिरको निरीक्षण तथा अनुगमन गरी आवश्यक निर्देशन दिने,धधध।
(थ) खण्ड (त) बमोजिम दिइएको निर्देशन पालना नगर्ने बालगृह, अनाथालय वा बालमन्दिरलाई सूचीकरणबाट हटाउन मन्त्रालय समक्ष सिफारिस गर्ने,
(द) धर्मपुत्र, धर्मपुत्री ग्रहण गर्ने परिवार र मन्त्रालयमा सूचीकृत भएका विदेशी संस्थाको कार्य सम्पादन समेतका विषयमा समय समयमा अनुगमन गर्ने, गराउने, साथै अन्तरदेशीय धर्मपुत्र, धर्मपुत्रीको सम्बन्धमा अन्तर्राष्ट्रियरूपमा हुने सुधार र विकासलाई आत्मसात गर्दै नेपालले गरेका प्रगति र विकासको बारेमा अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्ने,
(ध) अन्तरदेशीय धर्मपुत्र, धर्मपुत्री सम्बन्धी मन्त्रालयले तोकेको अन्य आवश्यक व्यवस्था गर्ने ।