नियम
समितिको काम, कर्तव्य र अधिकार
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) (बर्ड फ्लू रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्य योजना तथा मापदण्ड तयार गर्ने, (ख) बर्ड फ्लूको निगरानी (सर्भिलेन्स), आकस्मिक रोग अन्वेषण, रोग निदान तथा नियन्त्रण कक्ष स्थापना सम्बन्धी व्यवस्था मिलाउने, (ग) बर्ड फ्लू नियन्त्रणको लागि आवश्यक जनशक्ति एवं स्रोत साधन परिचालन गर्ने,

(घ) बर्ड फ्लूको रोकथाम तथा नियन्त्रणको लागि पन्छी, पन्छीजन्य पदार्थ र पन्छीजन्य उत्पादन सामग्रीको बिक्री वितरण, भण्डारण वा ओसारपसार तथा रोग सार्न सक्ने अन्य वस्तु सम्बन्धित: सङ्क्रमित क्षेत्रबाट आवागमन तथा ओसार पसार /गर्न ऐनको दफा १५ बमोजिम प्रतिबन्ध लगाउने, वा ऐनको दफा २८ बमोजिम हटाउने वा नष्ट गर्ने सम्बन्धमा आवश्यक समन्वय तथा सहजीकरण गर्ने,

(ङ) बर्ड फ्लू रोकथाम तथा नियन्त्रणका लागि सूचना तथा सञ्चार व्यवस्थापन गर्ने,

(च) कुनै प्रदेशबाट बर्ड फ्लू नियन्त्रणका लागि अनुरोध भई आएमा सम्बन्धित प्रदेशसँगको समन्वयमा बर्ड फ्लू नियन्त्रण तथा निःसङ्क्रमणको लागि स्रोत साधन परिचालन गर्ने,

(छ) बर्ड फ्लू नियन्त्रणका लागि नेपाल सरकार, राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार, स्थानीय तह तथा अन्य सरोकारवालाहरूसँग आवश्यक सहजीकरण, समन्वय तथा सहकार्य गर्ने,

(ज) बर्ड फ्लूको रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रक्रिया निर्धारण गर्ने।