नियम ४३
समितिको गठन
: (१) ऐनको दफा ७ बमोजिम देहाय बमोजिमको पेट्रोलियम परामर्श समिति गठन हुनेछ :
(क) उद्योग मन्त्री वा राज्यमन्त्री – अध्यक्ष
(ख) गभर्नर, नेपाल राष्ट्र बैंक – सदस्य
(ग) सचिव, उद्योग मन्त्रालय – सदस्य
(घ) सचिव, अर्थ मन्त्रालय – सदस्य
(ङ) सचिव, गृह मन्त्रालय – सदस्य
(च) सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय – सदस्य
(छ) सचिव, वन तथा भू–संरक्षण मन्त्रालय – सदस्य
(ज) सचिव, खानी तथा भूगर्भ विभाग – सदस्य
(झ) परियोजना प्रमुख, पेट्रोलियम अन्वेषण परियोजना – सदस्य–सचिव
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उद्योग मन्त्रालयमा मन्त्री र राज्यमन्त्री दुबैलाई जिम्मेवारी सुम्पिएको अवस्थामा उद्योग राज्यमन्त्रीले समितिको उपाध्यक्ष भई कार्य गर्नेछ ।