दफा १९
समितिको गठन
: (१) सूर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धमा नीति निर्धारण गर्ने काम समेतको लागि देहाय बमोजिमका सदस्यहरु रहेको सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन समिति गठन हुनेछ ः-
(क) सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – अध्यक्ष
(ख) निर्देशक, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र – उपाध्यक्ष
(ग) क्यान्सर, फोक्सो वा मुटु सम्बन्धी रोगको रोकथाम वा उपचारमा संलग्न सरकारी स्वास्थ्य संस्थाका व्यक्तिहरुमध्येबाट मन्त्रालयले मनोनीत गरेको एकजना – सदस्य
(घ) धूम्रपान तथा सूर्ति सेवनको नियन्त्रण गर्ने उद्देश्यले स्थापित गैर सरकारी संस्था तथा निजी क्षेत्रको स्वास्थ्य संस्थामा काम गरेका व्यक्तिहरुमध्येबाट एकजना महिला सहित मन्त्रालयले मनोनीत गरेको दुईजना – सदस्य
(ङ) सामाजिक क्षेत्रमा काम गरेका व्यक्तिहरुमध्येबाट मन्त्रालयले मनोनीत गरेको एकजना – सदस्य
(च) कानून अधिकृत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – सदस्य– सचिव
(२) उपदफा (१) बमोजिम मनोनीत सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तोकिएका आधारमा मनोनीत सदस्यलाई पदबाट हटाउन सकिनेछ ।
(४) समितिको सचिवालयको काम मन्त्रालयले गर्नेछ ।
(५) समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आपैंmले निर्धारण गरे बमोजिम हुनेछ ।
(६) समितिलाई आवश्यक लागेमा सम्बन्धित क्षेत्रका विशेषज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।