(१) ऋणपत्र निष्काशन सम्बन्धी कार्य सम्पादन गर्न देहाय सदस्यहरु रहेको एउटा खुला बजार सञ्चालन समिति गठन हुनेछः–
(क) बैङ्कको डेपुटी गभर्नर (राष्ट्र ऋण व्यवस्थापन विभाग हेर्ने)– अध्यक्ष
(ख) अर्थ मन्त्रालयको प्रतिनिधि (राजपत्राङ्कित प्रथम श्रेणी) – सदस्य
(ग) बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागको विभागीय प्रमुख – सदस्य
(घ) बैङ्कको अनुसन्धान विभागको विभागीय प्रमुख – सदस्य
(ङ) बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागको विभागीय प्रमुख – सदस्य
(च) बैङ्कको बैंकिङ कार्यालयको विभागीय प्रमुख – सदस्य
(छ) बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागको निर्देशक (टेजरी हेर्ने) – सदस्य–सचिव
(२) उपनियम (१) बमोजिमको समितिले आफ्नो बैठकमा आवश्यकता अनुसार विशेषज्ञ वा कर्मचारीलाई आमन्त्रण गर्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिम गठित समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।
(४) उपनियम (१) बमोजिम गठित समितिको बैठकमा भाग लिए बापत समितिका सदस्य तथा आमन्त्रित सदस्यले गभर्नरले तोकिदिए बमोजिमको बैठक भत्ता पाउनेछन् ।