नियम
समितिको गठन
(१) कोषको सञ्चालन, व्यवस्थापन, अनुगमन तथा सुपरीवेक्षण गर्नको लागि कोषमा देहाय बमोजिमका पदाधिकारी रहेको एक सञ्चालक समिति रहनेछ :- (क) युवा तथा खेलकुद मन्त्री वा राज्य मन्त्री -अध्यक्ष (ख) कोषको उपाध्यक्ष -उपाध्यक्ष (ग) उपाध्यक्ष, राष्ट्रिय युवा परिषद्‌ -सदस्य
(घ) सदस्य, राष्ट्रिय योजना आयोग (युवा सम्बन्धी विषय हेर्ने) -सदस्य
(ङ) गभर्नर, नेपाल राष्ट्र बैङ्क वा निजले तोकेको डेपुटी गभर्नर -सदस्य
(च) _ सचिव, अर्थ मन्त्रालय वा निजले तोकेको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत -सदस्य
(छ) सचिव, गृह मन्त्रालय वा निजले तोकेको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत -सदस्य
(ज) सचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा निजले तोकेको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत -सदस्य
(झ) सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा निजले तोकेको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत -सदस्य
(ज) सचिव, मन्त्रालय -सदस्य
(ट) अध्यक्ष, बीमा समिति -सदस्य
(ठ) प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ -सदस्य
(ड) कार्यकारी निर्देशक -सदस्य-सचिव (२) उपनियम (१) बमोजिमको समितिको बैठक वर्षमा कम्तीमा चार पटक बस्नेछ। तर एक बैठक र अर्को बैठक बीचको अवधि चार महिना भन्दा बढी हुने छैन ।
(३) समितिको कूल सदस्य सङ्ख्याको कम्तीमा एकाउन्न प्रतिशत सदस्यहरु उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(४) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ।
(५) समितिको बैठकमा आवश्यकता अनुसार विषय विज्ञलाई आमन्त्रण गर्न सकिनेछ।
(६) समितिको बैठकमा उपस्थित सदस्यहरुको बहुमतबाट निर्णय हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) समितिको बैठकको निर्णय अध्यक्षता गर्ने व्यक्ति र सदस्य-सचिवले प्रमाणित गर्नु पर्नेछ ।
(८) समितिका सदस्यले समितिको बैठकमा भाग लिए बापत नेपाल सरकार, अर्थ मन्त्रालयले तोकेको मापदण्ड बमोजिमको बैठक भत्ता पाउने छन्‌ ।
(९) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।