८. समितिको बैठक र निर्णय
(१) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
तर एक वर्षमा कम्तीमा तीन पटक समितिको बैठक बस्नु पर्नेछ ।
(२) एक तिहाई सदस्यहरूले समितिको बैठक बोलाउनको लागि लिखित रूपमा माग गरेमा समितिको सदस्य–सचिवले अध्यक्षको स्वीकृति लिई समितिको बैठक बोलाउनु पर्नेछ ।
(३) समितिको सदस्य–सचिवले बैठक बस्ने सूचनाको साथमा बैठकमा छलफल हुने विषयहरूको सूची सदस्यहरूलाई उपलब्ध गराउनु पर्नेछ ।
(४) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सदस्यहरूले आपूmमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(५) कुल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) समितिको प्रत्येक बैठकमा उपस्थित सदस्यहरूको नाम, छलफल भएका विषयवस्तु र बैठकमा भएका निर्णय निर्णय पुस्तिकामा लेख्नु पर्नेछ ।
(८) समितिको निर्णय समितिको सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ ।
(९) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।