(१) समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।
(२) समितिको बैठक अध्यक्षको निर्देशनमा समितिको सदस्य–सचिवले बोलाउनेछ ।
(३) समितिका तत्काल कायम रहेका कुल सदस्यहरुमध्ये पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपाध्यक्षले बैठकको अध्यक्षता गर्नेछ ।
(५) समितिको बैठकमा सामान्यतया सर्वसम्मतिबाट निर्णय लिइनेछ र सर्वसम्मतिबाट निर्णय कायम हुन नसकेमा बहुमतको राय मान्य हुनेछ । मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(६) समितिको बैठकको निर्णय सदस्य–सचिवले प्रमाणित गर्नेछ ।
(७) समितिले गरेको प्रत्येक निर्णयको जानकारी संरक्षकलाई गराउनु पर्नेछ ।
(८) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आपैmले निर्धारण गर्नेछ ।