नियम ३२
समितिको सचिवालय
(१) समितिको सचिवालय सर्वोच्च अदालतले तोकेको स्थानमा रहनेछ । सचिवालयले बाल अदालत, बाल सुधार गृह, जिल्ला वाल न्याय समिति समेतको सम्पर्क बिन्दुको रूपमा काम गर्नेछ ।

(२) समितिको काम कारबाही सुचारू रूपले सञ्चालन गर्न सर्वोच्च अदालतले नेपाल न्याय सेवा, न्याय समूहका राजपत्राईकित अधिकृतलाई समितिको सचिवालयको कामकाज गर्न तोक्न सक्नेछ । सचिवालयको लागि आवश्यक पर्ने अन्य कर्मचारी सर्वोच्च अदालतले उपलब्ध गराउने छ ।

(३) उपनियम (२) बमोजिम तोकिएको कर्मचारीले बाल न्याय प्रशासन सम्बन्धी काम गर्नेछ र निजको अन्य काम, कर्तव्य तथा अधिकार समितिका अध्यक्षले तोकेवमोजिम हुनेछ ।