नियम ८
समितिले गर्न नहुने कामहरु
समितिले देहायको कुनै काम गर्न वा गराउन हुँदैनः–
(क) कुनै जायजेथा धितो राखी वा नराखी सदस्यलाई वा निजको एकासगोलको परिवारको सदस्यलाई ऋण दिन,
(ख) “क” वर्गको बैंक बाहेक अन्य कुनै बैंक वा वित्तीय संस्थामा लगानी गर्न, वा
(ग) नेपाल सरकारको पूर्व स्वीकृति विना सदस्यलाई कुनै प्रकारको सुविधा उपलब्ध गराउन ।