(१) ट्रष्टको सम्पत्ति व्यवस्थापन र संरक्षण गरी ट्रष्ट सञ्चालन गर्न देहाय बमोजिमको ट्रष्ट सञ्चालक समिति रहनेछ –
“(१) ट्रष्टको सम्पत्ति व्यवस्थापन र संरक्षण गरी ट्रष्ट सञ्चालन गर्न देहाय बमोजिमको ट्रष्ट सञ्चालक समिति रहनेछः-
(क) प्रधानमन्त्रीले तोकेको नेपाल सरकारको कुनै मन्त्री-अध्यक्ष
(ख) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सम्बन्धित क्षेत्र हेर्न सचिव -सदस्य
(ग) कार्यकारी सचिव, नेपाल ट्रष्टको कार्यालय -सदस्य
(घ) नेपाल सरकारले नियुक्त गरेका वा तोकेका एक जना महिला सहित तीन जना व्यक्ति -सदस्य
(ङ) नेपाल ट्रष्टको कार्यालयको सहसचिव – सदस्य-सचिव”
(ख) उपदफा (२) मा रहेको “नागरिक” भन्ने शब्द पछि “उपदफा (१) को खण्ड (घ) बमोजिम” भन्ने शब्दहरु थपिएका छन्।
(ग) उपदफा (३) को शुरुमा “उपदफा (१) को खण्ड (घ) बमोजिमको” भन्ने शब्दहरु थपिएका छन्।
(घ) उपदफा (४) मा रहेका “उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि” भन्ने शब्दहरू पछि “उपदफा (१) को खण्ड (घ) बमोजिमको” भन्ने शब्दहरु थपिएका छन्।