नियम २०९
समूह विभाजन
नियम २०८ को उपनियम (२) बमोजिम पदावधि कायम गर्ने प्रयोजनको लागि संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) र (ख) बमोजिमका सदस्यलाई देहाय बमोजिमको छुट्टाछुट्टै समूहमा विभाजन   गरिनेछ ः- (क) प्रत्येक प्रदेशबाट निर्वाचित तीन जना महिला सदस्यको समूह, (ख) सबै प्रदेशबाट निर्वाचित सात जना दलित सदस्यको समूह, (ग) सबै प्रदेशबाट निर्वाचित सात जना अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक सदस्यको समूह, (घ) खण्ड (क), (ख) र (ग) मा समावेस भएका बाहेक प्रत्येक प्रदेशबाट निर्वाचित तीन जना अन्य सदस्यको समूह, र (ङ) राष्ट्रपतिबाट मनोनीत तीन जना सदस्यको समूह ।