नियम
समूहीकृत हुने

(१) यी नियमहरु प्रारम्भ हु“दाका बखत नेपाल इन्जिनियरि· सेवाको सिभिल इन्जिनियरि· समूहका जनरल उपसमूह, स्यानिटरी उपसमूह विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, इरिगेशन उपसमूह, हाइड्रोपावर उपसमूह, हाइड्रोलोजी उपसमूह र मेटेरियोलजी समूह, माइनिंग इन्जिनियरि· समूह, केमिष्ट्री समूह, केमिकल इन्जिनियरि· समूह, मेटालर्जिकल इन्जिनियरि· समूह, मेट्रोलजी समूह, एरोनटिकल इन्जिनियरि· समूह, इलेक्ट्रोनिक एण्ड टेलिकम्यूनिकेशन इन्जिनियरि· समूह र सर्भे समूहमा समूहीकृत भई कार्यरत रहेका कर्मचारीहरु तत् तत् समूह वा उपसमूहमा समूहिकत भएका मानिने छन् ।
(२) साविकमा नेपाल कृषि सेवा, एगृ इन्जिनियरि· समूहमा समूहिकत भई जलस्रोत मन्त्रालय र अन्तर्गत कार्यरत कर्मचारीहरु अब नेपाल इन्जिनियरि· सेवा अन्तर्गत एगृ इरिगेशन इन्जिनियरि· समूहमा समूहीकृत हुनेछन् ।
(३) साविकमा नेपाल इन्जिनियरि· सेवा सिभिल समूह ट्रान्सपोर्टेशन उपसमूहमा समूहीकृत कर्मचारीहरु मध्ये यो नियम लागू हु“दाका बखत निर्माण तथा यातायात मन्त्रालय, सडक विभाग र अन्तर्गत कार्यरत कर्मचारीहरु हाइवे उपसमूह र पर्यटन मन्त्रालय, हवाई विभाग र अन्तर्गत कार्यरत कर्मचारीहरु एयरपोर्ट उपसमूहमा स्वतः समूहीकृत हुनेछन् ।
(४) साविकमा नेपाल इन्जिनियरि· सेवा मेकानिकल समूहमा समूहीकत भएका कर्मचारीहरु मध्ये हवाई विभागमा कार्यरत कर्मचारीहरु मेकानिकल समूह एभिएशन मेकानिकल उपसमूहमा, निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभाग तथा अन्तर्गत, जलश्रोत मन्त्रालय अन्तर्गत सि“चाई विभाग र अन्र्तगत कार्यरत कर्मचारीहरु, मेकानिकल समूह निर्माण उपकरण संभार उपसमूह र सो वाहेकका कर्मचारीहरु मेकानिकल समूहले जनरल मेकानिकल उपसमूहमा स्वतः समूहीकृत हुनेछन् ।
(५) साविकमा सिभिल एभिएसन अपरेशन तथा इन्जिनियरि· समूह अन्तर्गतको एभिएसन टेलिकम्यूनिकेशन मेन्टेनेन्स उपसमूहलाई इलेक्ट्रोनिक एण्ड टेलिकम्युनिकेशन इन्जिनियरि· समूहमा समूहीकृत गरिएकोछ ।
(६) साविकमा नेपाल इन्जिनियरि· सेवा इलेक्ट्रिकल इन्जिनियरि· समूहमा रहेका कर्मचारीहरु मध्ये पर्यटन मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरु एभिएशन इलेक्ट्रिकल उपसमूह र सो वाहेक अन्यत्र कार्यरत कर्मचारीहरु जनरल इलेक्ट्रिकल उपसमूहमा समूहीकृत हुनेछन् ।
(७) यी नियमहरु प्रारम्भ हु“दाका बखत नेपाल इन्जिनियरि· सेवामा कार्यरत कर्मचारीहरु मध्ये उपनियम (१), (२), (३), (४), (५) र (६) मा उल्लेखित समूह वा उपसमूहका कर्मचारीहरु बाहेक अन्य समूह र उपसमूहका कर्मचारीहरुलाई निजहरुको शैक्षिक योग्यता, कार्य विशिष्टता र अनुभवको आधारमा निजहरु वहाल रहने समूह, उपसमूह तथा पद समेत निर्धारण गरी सम्बन्धित कर्मचारीहरुलाई जानकारी
गराइनेछ ।