दफा ३९
सम्झौता गर्न सक्ने
(१) कुनै उद्योगमा नेपाली लगानीकर्ता र विदेशी लगानीकर्ताबीच संयुक्त लगानी गर्दा सो लगानीका सम्बन्धमा यस ऐनको अधीनमा रही विदेशी लगानी सम्बन्धी संयुक्त सम्झौता गर्न सकिनेछ।
(२) उपदफा (१) बमोजिमको सम्झौतामा अन्य कुराका अतिरिक्त संयुक्त लगानीका शर्तहरु, लगानीबाट आर्जित मुनाफा बाँडफाँट तथा लगानी सम्बन्धी विवाद समाधान सम्बन्धी व्यवस्था गर्नुपर्नेछ।