दफा १४
सम्झौता गर्नु पर्ने
: (१) इजाजतपत्रवालाले प्रत्यक्ष बिक्रेता वा वितरकलाई वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी कारोबार गर्न लगाउनु पूर्व निजसँग तत्सम्बन्धी सम्झौता गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सम्झौता गर्दा प्रत्यक्ष बिक्रेता वा वितरकले वस्तु बिक्री वितरण गरे वा गराए बापत इजाजतपत्रवालाबाट पाउने सेवा, सुविधा, कमिशन वा बोनसको सम्बन्धमा स्पष्ट रूपमा खुलाउनु पर्नेछ ।