दफा ११
सम्झौता गर्नु पर्ने
(१) अनुमतिपत्रवालाले अनुमतिपत्र प्राप्त गरेको मितिले एक सय बिस दिनभित्र उद्योगको स्थापना र सञ्चालनका सम्बन्धमा

देहायका विषयमा प्राधिकरणसँग सम्झौता गर्नु पर्नेछ:-

(क) उद्योगको लागि आवश्यक पर्ने भवन, जग्गा वा सेवा (बिजुली, पानी, ढल, फोहोरमैला व्यवस्थापन आदि) प्रयोग “गरे बापत निजले बुझाउनु पर्ने लिज वा बहाल रकम वा शुल्क,

(ख) उद्योग स्थापना तथा सञ्चालन: गर्ने मिति,

(ग) उद्योगको उत्पादन निर्यात गर्ने परिमाण,

(घ) विदेशी लगानीकर्ता भए प्रविधि हस्तान्तरण गर्ने विषय,

(ङ) तोकिए बमोजिमका अन्य कुराहरू ।

(२) उपदफा (१) बमोजिमको अवधिभित्र अनुमतिपत्रवालाले सम्झौता गर्न नसकेको मनासिब कारण सहित अवधि थप गर्नको लागि निवेदन दिएमा प्राधिकरणले एक पटकको लागि तिस दिनसम्मको अवधि -थप-गर्न सक्नेछ ।