दफा ३७
सम्झौता गर्नु पर्ने
(१) दफा ३१ र ३५ बमोजिम भएको समझदारीपत्र तथा दफा ३६ बमोजिम प्राप्त विवरणको आधारमा प्रस्तावकसँग सम्झौताका शर्त लगायतका विषयमा वार्ता गर्न सम्बन्धित निकायले एक वार्ता समिति गठन गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम गठित वार्ता समितिले प्रस्तावकसँग आवश्यकता अनुसार वार्ता गरी सम्झौतामा देहायका कुराहरु खुलाई सम्झौताको अन्तिम मस्यौदा तयार गर्नेछ:-
(क)परियोजनाको विवरण,
(ख)परियोजना सुरु र सम्पन्न गर्ने मिति,
(ग)परियोजनाको निर्माण वा सञ्चालन गर्दा अनुमतिपत्र प्राप्त व्यक्तिले पाउने सुविधा तथा सहुलियत,
(घ)अनुमतिपत्रको अवधि,
(ङ)परियोजना कार्यान्वयनको चरणवद्ध विवरण र कार्यान्वयन तालिका,
(च)परियोजनाको प्राविधिक गुणस्तर तथा मापदण्ड,
(छ)परियोजना सञ्चालन सम्बन्धी विवरण,
(ज)परियोजनाको सञ्चालन वा हस्तान्तरणको शर्त,
(झ)परियोजना सञ्चालन गर्दा उपभोक्तासँग लिन पाउने महसुल सम्बन्धी व्यवस्था,
(ञ)परियोजनाको बीमा सम्बन्धी व्यवस्था,
(ट)परियोजनामा जडित मेशिन तथा परियोजना हस्तान्तरणका बखत हुनु पर्ने अवस्था र गुणस्तर,
(ठ)सम्बन्धित निकायलाई बुझाउनु पर्ने शुल्क तथा रोयल्टी र भुक्तानी विधि,
(ड)परियोजना कार्यान्वयन गर्दा कुनै पक्षले सम्झौता बमोजिमको दायित्व पूरा नगरेको कारणबाट सम्झौता रद्द हुने अवस्था,
(ढ)परियोजनामा सम्बन्धित निकायको कुनै लगानी हुने भए त्यस्तो लगानी र सो बापत सम्बन्धित निकायले प्राप्त गर्ने प्रतिफल,
(ण)जग्गा प्राप्ति सम्बन्धी व्यवस्था,
(त)थप परियोजना अध्ययन तथा सञ्चालन गर्न दिने भए सो सम्बन्धी व्यवस्था,
(थ)सव-लिज गर्न सक्ने भए सो सम्बन्धी शर्त तथा अन्य व्यवस्था,
(द)परियोजना हस्तान्तरण गर्ने भएमा त्यस्तो निकाय,
(न) अन्य आवश्यक विषयहरु।
(३) उपदफा (२) बमोजिम सम्झौताको लागि सहमति भएको दस्तावेजलाई सम्बन्धित निकायले स्वीकृति गरी प्रस्तावकसँग सम्झौता गर्नु पर्नेछ।
(४) उपदफा (१) बमोजिमको वार्ता समितिको कार्यविधि सो समितिले निर्धारण गरे बमोजिम हुनेछ।