दफा ११
सम्झौता पालन गर्नु पर्ने
(१) आवास इकाई धनीले आफनो स्वामित्वमा रहेको आवास इकाई बेचबिखन गरेमा, भाडामा वा अन्य कुनै पनि किसिमबाट भोग गर्न दिएमा त्यसरी आवास इकाई खरिद गर्ने, भाडामा वा अन्य किसिमले भोग गर्ने व्यक्तिले सो आवास इकाईको सम्बन्धमा संस्थापकसंग भएको सम्झौता र यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा कार्य संचालन विधिमा उल्लिखित कुराहरु पालन गर्नु पर्नेछ ।
(२) संयुक्त आवास भवनमा काम गर्ने कर्मचारी तथा कामदारहरूले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा कार्य संचालन विधि र सम्झौतामा उल्लिखित कुराहरु पालन गर्नु पर्नेछ ।