(१) नियम ३ बमोजिम कुनै करदाताको घर जग्गाको विवरण प्राप्त भएपछि कर अधिकृतले नियम ५ को उपनियम (३) बमोजिम नेपाल सरकारले प्रकाशित गरेको मूल्याङ्कन सूची बमोजिम त्यस्तो घर जग्गाको मूल्याङ्कन अनुसूची (छ) बमोजिम गर्नेछ ।
तर रजिष्ट्रेशन पास भै खरीद विक्री भएको कुनै घर जग्गाको मूल्याङ्कन गर्दा रजिष्ट्रेशन पास भएको मोलको अङ्क उप-नियम (१) बमोजिमको मूल्याङ्कन अङ्कभन्दा बढी भएमा सो रजिष्ट्रेशन पास भएको मोलको अङ्क नै कायम मान्नु पर्छ ।
(२) विदेशी लगानीको मूल्याङ्कन गर्दा करदाताले पेश गरेको बजार भाउ र किराया दर (रेण्टल भ्याल्यू) बारे आवश्यक परेमा सम्बन्धित मुलुकसंग लेखापढी गरी उक्त दरभाउ प्रमाणित गराई त्यसको आधारमा सम्पत्ति कर अधिकृतले त्यस्तो विदेशी लगानीको मूल्याङ्कन अनुसूची (ज) बमोजिम गर्नेछ ।
(३) सम्पत्ति कर अधिकृतले उप-नियम (१) बमोजिम कुनै घर जग्गाको वा उप-नियम (२) बमोजिम कुनै विदेशी लगानीको मूल्याङ्कन गरिसकेपछि सोही मूल्याङ्कन बमोजिम सम्पत्ति करको अङ्क निर्धारण गर्नेछ । सम्पत्ति कर निर्धारण आदेशमा सम्पत्ति कर कसरी निर्धारित गरिएको छ छोटकरीमा स्पष्ट विवरण दिनपर्छ ।