नियम ५
सम्पत्तिको संरक्षण र सम्वद्र्धन
५. सम्पत्तिको संरक्षण र सम्वद्र्धन
समितिले ट्रष्टको सम्पत्तिको संरक्षण र सम्वद्र्धन गर्नको लागि देहाय बमोजिमका कामहरु गर्न सक्नेछः–
(क) ट्रष्टसँग सम्बन्धित सम्मेलन, सेमिनार, प्रवचन वा प्रदर्शनी वा भ्रमणको आयोजना गर्ने तथा यससँग सम्बन्धित डकुमेण्ट्री बनाई बिक्री वितरण गर्ने,
(ख) ट्रष्टको सम्पत्तिको संरक्षण र सम्वद्र्धन गर्नको लागि सरकारी तथा गैर सरकारी निकायको सहयोग लिने,
(ग) ट्रष्टको सम्पत्ति संरक्षण गर्ने सम्बन्धमा आवश्यकतानुसार राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्था वा व्यक्तिसँग सम्पर्क गर्ने,
(घ) राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्था, निकाय वा व्यक्तिसँग करार गरी ट्रष्टको सम्पत्ति भाडामा दिने, र
(ङ) ट्रष्टको सम्पत्तिको संरक्षण र सम्वद्र्धन गर्न अन्य आवश्यक काम गर्ने वा गराउने ।