नियम
सम्पर्क अधिकृतको काम, कर्तव्य र अधिकार

सम्पर्क अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) पर्वतारोही दललाई परेका समस्या सुल्झाउने प्रयास गर्ने,
(ख) पर्वतारोही दलसँग जाने कामदारले बोक्ने भारीको तौल सम्बन्धमा निरीक्षण तथा अनुगमन गर्ने,
(ग) पर्वतारोहणको अभियान चालू रहेसम्म आधार शिविरमा बस्ने,
(घ) पर्वतारोहणको प्रगति तथा पर्वतारोहणको क्रममा कुनै दुर्घटना भएमा त्यसको जानकारी छिटो साधनद्वारा मन्त्रालयमा पठाउने,
(ङ) सरदार, पर्वतीय पथ प्रदर्शक तथा कामदारलाई अनुशासनमा राखी कुनै मनमुटाव वा झगडा हुन नदिन प्रयास गर्ने,
(च) पर्वतारोही दलका कुनै सदस्य र स्थानीय जनता वा सरदार, पथ प्रदर्शक वा कामदार बीच कुनै अप्रिय घटना वा झगडा भएमा आफैले मिलाउने र मिलाउन नसक्ने भएमा नजिकको प्रहरी चौकी, जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहको मद्दत लिई आवश्यक कारवाही गर्ने गराउने,
(छ) वातावरणीय सरसफाई तथा फोहर मैला व्यवस्थापन सम्बन्धमा आवश्यक कार्य गर्ने, गराउने,
(ज) पर्वतारोही दल वा सो दलको कुनै सदस्यले अनधिकृत रुपमा पर्वतारोहण गर्न खोजेमा त्यस्तो कार्य रोक्ने तथा त्यसको सूचना यथाशीघ्र मन्त्रालयमा पठाउने,
(झ) पर्वतारोही दलको कुनै सदस्य, सरदार, पथ प्रदर्शक वा कामदारको दुर्घटनामा परी मृत्यु वा अङ्गभङ्ग भएमा वा सो मध्ये कसैले कुनै गम्भीर अपराध गरेमा वा गर्ने सम्भावना भएमा वा पर्वतारोही दलले प्रयोग गरेको सञ्चार साधन वा अन्य सामानहरू हराएमा यथाशिघ्र त्यसको जानकारी सहितको प्रतिवेदन मन्त्रालयमा पठाउने,
(ञ) पर्वतारोही दलका सदस्य र सो दलसँग जाने व्यक्ति बीच दोभाषेको रुपमा काम गर्ने,
(ट) पर्वतारोहणको शिविर राख्ने स्थान सम्बन्धमा पर्वतारोही दलको नेतालाई सल्लाह दिने,
(ठ) पर्वतारोही दलमा संलग्न कामदार तथा अन्य व्यक्तिको लगत सो दलको नेताद्वारा प्रमाणित गराई मन्त्रालयमा पठाउने,
(ड) पर्वतारोही दलले फेला पारेका दुर्लभ तथा ऐतिहासिक महत्वका मालसामान बुझिलिई नेपाल सरकारले तोकेको ठाउँमा सुरक्षित बुझाउने,
(ड१) पर्वतारोही दलका सदस्य वा अन्य व्यक्तिले प्रचलित कानून विपरीतको काम गरेमा वा गर्न प्रयास गरेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउने,

(ड२) पर्वतारोही दलका सदस्य, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइमा जाने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदार बाहेक अन्य व्यक्तिलाई आधार शिविरमा राख नदिने।

तर विभागको पूर्वस्वीकृति लिई पर्वतारोीही दलका सदस्यको परिवारको सदस्यलाई बढीमा दुई रात आधार शिविरमा राख सकिनेछ।

स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि “परिवारको सदस्य” भन्नाले पति, पत्नी, बानु, आमा, छोरा वा छोरी सम्झनु पर्छ।

(ढ) मन्त्रालयले दिएको निर्देशन बमोजिम काम गर्ने ।