नियम १४
सम्पर्क कार्यालय वा कर्मचारी तोक्न सक्ने
(१) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको सम्बन्धमा काठमाडौं उपत्यका बाहिरका जिल्लामा समितिसंग समन्वय गरी काम गर्न मन्त्रालयले सो मन्त्रालय अन्तर्गतको कुनै कार्यालय वा सो कार्यालयको कुनै अधिकृतस्तरको कर्मचारीलाई सम्पर्क कार्यालय वा व्यक्तिको रुपमा तोक्न सक्नेछ ।
(२) मन्त्रालयले समितिको काममा तोकिएको वा खटिएको कर्मचारीलाई समितिको कार्य सञ्चालनको निमित्त नियम ११ बमोजिम छुट्याइएको रकमबाट प्रोत्साहन भत्ता उपलब्ध गराउन सक्नेछ ।