दफा १०
सम्पर्क व्यक्ति तोक्नुपर्ने
(१) नियम ६ को उपनियम (२) बमोजिमका तथ्याङ्क उत्पादनकर्ताले तथ्याङ्कसम्बन्धी जानकारी दिनका लागि एक अधिकृतस्तरको कर्मचारीलाई सम्पर्क व्यक्ति तोक्नु पर्नेछ।
(२) नियम ६ को उपनियम (२) बमोजिमका तथ्याङ्क उत्पादनकर्ताले उपनियम (१) बमोजिम तोकिएको सम्पर्क व्यक्तिको विवरण कार्यालयलाई उपलब्ध गराउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम: प्राप्त विवरण समेतको आधारमा कार्यालयले आधिकारिक -तथ्याङ्कसम्बन्धी जानकारी दिने सम्पर्क व्यक्तिको विवरण अद्यावधिक गरी आफ्नो वेबसाइट वा अन्य विद्युतीय माध्यमबाट प्रकाशन गर्नु पर्नेछ।