दफा २७
सम्पादन वा परिवर्तन गर्न नसकिने गरी अभिलेख गर्नु पर्ने
: (१) यस परिच्छेद बमोजिम कुनै सञ्चार अभिलेख गर्दा त्यस्तो अभिलेख गरिएको सञ्चार सम्पादन नहुने, तोडमोड वा परिवर्तन गर्न नसकिने वा मेट्न (डिलिट) नसकिने गरी गर्नु पर्नेछ ।
(२) उपदफा (१) को प्रतिकूल हुने गरी अभिलेख गर्ने व्यक्तिले मतियार भई यस ऐन बमोजिम कसूर गरेको मानिनेछ ।