नियम २३
सम्बद्धता
(१) सदस्यले बोलेको कुरा सभामा तत्काल विचाराधीन रहेको विषयसँग सम्बद्ध हुनु पर्नेछ । (२) कुनै सदस्यले असम्बद्ध कुरा बोलिरहेमा वा आफ्नो वा अरू कसैको तर्कलाई बारम्बार दोहो¥याइरहेमा अध्यक्षले निजको वक्तव्यप्रति बैठककोे ध्यान आकर्षित गर्दै निजलाई बोल्न बन्द गर्न आदेश दिन सक्नेछ । त्यस्तो आदेश हुनासाथ सो सदस्यले बोल्न बन्द गरी आफ्नो स्थान ग्रहण गर्नु पर्नेछ ।