दफा ७क
सम्बन्धित विभागले विवरण माग गर्न सक्ने

(१) यस ऐन अन्तर्गत रजिष्टर भएको कुनै प्राइभेट फर्मसंग सम्बन्धित विभागले त्यस्तो प्राइभेट फर्मको हिसाबको विवरण माग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम माग गरिएको हिसाबको विवरण सम्बन्धित विभागमा पेश गर्नु त्यस्तो प्राइभेट फर्मको कर्तव्य हुनेछ ।