दफा १८
सम्भावित खतराप्रति सजग गराउनु पर्ने
यस ऐन बमोजिम चिकित्सकले अङ्ग झिक्दा तथा अङ्ग प्रत्यारोपण गर्दा दाता र अङ्ग ग्रहण गर्ने व्यक्तिको स्वास्थ्य परीक्षण गरी त्यसबाट निजहरुको स्वास्थ्यमा पर्न सक्ने सम्भावित असर तथा खतराप्रति दुवै पक्षलाई जानकारी गराउनु पर्नेछ ।