दफा २५४
सरकार बादी हुने देवानी मुद्दाको जाँचबुझ र दायरी

(१) अनुसूची–२८ मा लेखिएको मुद्दा र प्रचलित कानूनमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह बादी हुनेभनिएको देवानी मुद्दा चलाउन चाहने व्यक्तिले त्यस्तो मुद्दाको विषयमा आफूसँग भएको वा आफूले देखे जानेसम्मकोप्रमाण खुलाई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अधिकारी वा त्यसरी अधिकारी नतोकिएकोमासम्बन्धित जिल्लाको मालपोत अधिकृत समक्ष लिखित दरखास्त वा मौखिक सूचना दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम मौखिक सूचना दिएकोमा सम्बन्धित अधिकारीले त्यस्तो व्यक्तिको कुरा दरखास्तको रूपमा लेखीनिजको सहीछाप गराउनुु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम दरखास्त प्राप्त भएमा सम्बन्धित अधिकारीले आवश्यकतानुसार मुद्दासँग सम्बन्धित घर वाजग्गाको नाप नक्सा गरी वा अन्य आवश्यक विषयमा जा“चबुझ गरी मुद्दा चलाउने वा नचलाउने निर्णयको लागिसङ्कलन गरिएको प्रमाण र आÇनो राय समेत उल्लेख गरी मुद्दा चल्ने नचल्ने निर्णय गर्न लाग्ने समय रमुद्दा चल्ने निर्णय भएमा फिरादपत्र तयार गरी मुद्दा दायर गर्न लाग्ने समयलाई ध्यानमा राखी सम्बन्धितकानूनको हदम्याद पुग्ने कम्तीमा पन्ध्र दिन अगावै मिसिल कागजको सक्कल र नक्कल एक प्रति सम्बन्धित जिल्लाकोसरकारी वकिल समक्ष पठाउनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम कसैको दरखास्त नपरेको भए तापनि सम्बन्धित अधिकारी आफैँले उपदफा (१) बमोजिमको मुद्दा चलाउनपर्ने कारण देखेमा आवश्यक प्रमाण सङ्कलन गरी उपदफा (३) बमोजिमको कार्यविधि पूरा गरी सम्बन्धित जिल्लाकोसरकारी वकिल समक्ष मिसिल सहितको कागजात पठाउनु पर्नेछ ।
(५) उपदफा (३) वा (४) बमोजिम मिसिल प्राप्त भएमा सरकारी वकिलले अध्ययन गरी सो मिसिलमा मुद्दा चल्ने वा नचल्नेविषयमा निर्णय गर्नेछ ।
(६) उपदफा (५) बमोजिम मुद्दा चल्ने निर्णय गरेमा सरकारी वकिलले फिरादपत्र तयार गरी प्रमाण सहित सम्बन्धितअदालतमा मुद्दा दायर गर्नु पर्नेछ ।
(७) उपदफा (५) बमोजिम मुद्दा नचल्ने निर्णय गरेमा सरकारी वकिलले प्राप्त मिसिल र प्रमाण सम्बन्धित अधिकारी समक्षफिर्ता पठाउनु पर्नेछ ।