अनुसूची २८
सरकार बादी हुने देवानी मुद्दा
  1. नेपाल सरकार वा त्यसको कुनै कार्यालय, अदालत, संबैधानिक निकायको हक हित वा सरोकार भएको मुद्दा,
  2. सरकारी जग्गा दपोट सम्बन्धी मुद्दा,
  3. तिरो दपोट सम्बन्धी मुद्दा,
  4. मूलुकी देवानी संहिता,२०७४ को दफा ४३२ र ४३३ अन्तर्गतको मुद्दा,
  5. सरकारी रकम कलम दवाएको वा सरकारी हकदैया लाग्ने कुरा कायम गर्ने विषयको मुद्दा,
  6. नेपाल सरकार बादी हुने भनी नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अरु देवानीमुद्दा ।