दफा २१
सरकारद्वारा व्यवस्थित वनमा अन्य कार्य गर्नमा प्रतिबन्ध
कार्य योजनाले निर्दिष्ट गरेका कार्य तथा वन विकास कार्य बाहेक सरकारद्वारा व्यवस्थित वनमा अन्य कुनै पनि कार्य गर्न पाइने छैन ।
तर मन्त्रालयबाट स्वीकृत कार्यविधिको अधीनमा रही वैज्ञानिक अध्ययन वा अनुसन्धान गर्न बाधा परेको मानिने छैन ।