दफा ४६
सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएमा हुने सजाय
: वैदेशिक रोजगारका लागि कामदार पठाउन नेपाल सरकारले खुला नगरेको मुलुकमा कुनै इजाजतपत्रवालाले कुनै कामदार पठाएमा वा खुला गरेको मुलुकको प्रवेशाज्ञा लिई खुला नगरेको मुलुकमा पठाएमा त्यसरी कामदार पठाउने इजाजतपत्र वालालाई तीन लाख रुपैयाँदेखि सात लाख रुपैयाँसम्म जरिबाना र तीन वर्षदेखि पाँच
वर्षसम्म कैद हुनेछ । कामदार पठाउन रकम असुल गरिसकेको तर कामदार पठाइ नसकेको भए आधा सजाय हुनेछ ।