नियम २२
सरकारी कामको लागि आरक्षभित्र प्रवेशमा छुट
यस नियमावलीमा लेखिएको कुनै कुराले पनि आरक्ष वा अन्य कुनै सरकारी कार्यालयको कुनै कर्मचारीलाई आफ्नो कार्यालय वा अन्य कुनै सरकारी कार्यालयको आदेशा अनुसार कुनै सरकारी काम कारबाही कार्यान्वयन गर्नको लागि आरक्षभित्र कुनै समयमा पनि प्रवेश गर्न वाधा पुर्याएको मानिने छैन ।