नियम
सरकारी कारोबार गर्ने बैङ्क
(१) बैङ्कले महालेखा नियन्त्रक कार्यालयको परामर्शमा सरकारी कारोबार गर्ने वाणिज्य बैङ्क तोक्नेछ।
(२) उपनियम (१) बमोजिम तोकिएको बैङ्कले महालेखा नियन्त्रक कार्यालयले तोकिदिए बमोजिम एक बैङ्कबाट अर्को बैङ्क वा एक बैङ्क खाताबाट अर्को बैङ्क खातामा सरकारी रकम स्थानान्तरण गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम तोकिएको बैङ्कले सरकारी कारोबार सञ्चालन गर्न आवश्यक पर्ने रकमको लागि कोषको व्यवस्था मिलाउनु पर्नेछ।