नियम ११
सरकारी र गैरसरकारी कार्य गरिने दिन
सभाको बैठक बसेको प्रत्येक हप्ताको सोमबारको दिन प्रश्नोत्तर पछिको समय गैरसरकारी कार्यले र अरु दिन सरकारी कार्यले प्राथमिकता पाउनेछ । तर कुनै कारणवश सोमबार बैठक बस्न नसके त्यसपछि लगत्तै बस्ने बैठकमा उक्त कार्यलाई प्राथमिकता दिइनेछ । स्पष्टीकरण :- यस नियमको प्रयोजनको लागि “गैरसरकारी कार्य” भन्नाले सभामा मन्त्री बाहेक कुनै सदस्यले पेश गर्ने प्रस्ताव, विधेयक वा यस्तै प्रकृतिका अन्य कुराहरुलाई   जनाउँछ ।