दफा १०
सरजमिन बुझ्ने
डिभिजनल वन अधिकृतले आवश्यक परेमा प्राप्त गरिने घर वा जग्गामा हकदैया पुग्ने व्यक्तिको अंशियार, ठेकदार, बन्धकी साहू वा सो जग्गा कमाउने व्यक्ति र सो जग्गाको पछिल्लो तीन वर्षको कूत, तिरो वा मुनाफा बारे सरजमिन बुझ्न सक्नेछ ।