नियम १३
सरदारको काम र कर्तव्य

सरदारको काम र कर्तव्य देहाय बमोजिम हुनेछ ट्ठ–
(क) सम्पर्क अधिकृतसँग समन्वय राखी काम गर्ने,
(ख) पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदार, आधार शिविरका कामदार तथा स्थानीय कामदारको सामुहिक हितलाई ध्यानमा राखी काम गर्ने,
(ग) पर्वतारोही दलको मालसामान कामदारको लापरवाहीबाट हिनामिना हुन नदिने,
(घ) पर्वतारोही दलका सदस्यलाई सुरक्षित र सरल तरिकाले आरोहण गर्न आवश्यक सरसल्लाह दिने,
(ङ) शिविरमा खाना तथा सरसामान उपयुक्त समयमा पुर्याउने व्यवस्था गर्ने,
(च) सम्पर्क अधिकृत, पर्वतारोही दलका कुनै सदस्य, पर्वतीय पथ प्रदर्शक वा उचाईमा जाने कामदार, आधार शिविरका कामदार वा स्थानीय कामदार कुनै आपत्तिमा परेमा निजलाई उद्धार गर्ने काममा मद्दत पुर्याउने,
(छ) वातावरणीय सरसफाई तथा फोहरमैला व्यवस्थापन सम्बन्धमा यस नियमावली तथा मन्त्रालयले तोकेका शर्त बमोजिम कार्य गर्ने, गराउने,
(छ१) अनुमति प्रदान गर्दाका बखत स्वीकृत गरेको सामग्री बाहेक अन्य सामग्री आधार शिविरभन्दा माथि लैजान नदिने,

 

(ज) मन्त्रालय तथा सम्पर्क अधिकृतले दिएको निर्देशन बमोजिम काम गर्ने ।