नियम २८
सरुवा हुन बाध्यता
नियम २६ मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यवस्थापिका– संसद सेवाको कर्मचारीलाई सचिवालयको जुनसुकै महाशाखा, समिति, शाखा वा जिम्मेवारीमा सरुवा गर्न सकिनेछ । यसरी सरुवा गरिएकोमा आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्नु सम्बन्धित कर्मचारीको कर्तव्य हुनेछ ।