दफा
सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने

देहायको कुनै प्रश्नमा प्रत्यक्ष कानूनी त्रुटी भई न्यायाधिकरणको निर्णय पूर्ण वा आंशिक रूपमा उल्टिने देखी सर्वोच्च अदालतले आफू समक्ष पुनरावेदन गर्न अनुमति दिएकोमा मात्र न्यायाधिकरणको फैसला वा अन्तिम आदेश उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्नेछ:

() अधिकारक्षेत्रको प्रश्न,

() बुझ्नु पर्ने प्रमाण नबुझेको वा बुझ्नु नहुने प्रमाण बुझेको प्रश्न वा

() बाध्यात्मक रूपमा पालन गर्नु पर्ने कार्यविधिसम्बन्धी कानूनको उल्लंघन भएको प्रश्न,

() गम्भीर कानूनी त्रुटी सम्बन्धी प्रश्न