८.१ नजरबन्दमा रहेको कुनै व्यक्तिको नजरबन्दको आदेशको अवधि छ महिनाभन्दा बढी समयसम्म कायम राख्न आवश्यक छ भन्ने लागेमा नेपाल सरकार, गृह मन्त्रालयले त्यसको कारण र आधार तथा स्थानीय अधिकारीले त्यस सम्बन्धमा कुनै सुझाव दिएको भए सो सुझाव र नजरबन्दमा रहेको व्यक्तिको तर्फबाट नेपाल सरकार समक्ष कुनै उजूर परेको भए सो उजूरी सहितको प्रतिवेदन सल्लाहकार समितिसमक्ष पेश गर्नुपर्छ ।
८.२ उपदफा ८.१ बमोजिम प्राप्त प्रतिवेदन तथा अन्य कागजात र नजरबन्द राखिएको व्यक्तिसँग उपदफा ८.३ बमोजिम सोधपुछ गरिएको वा स्पष्टीकरण मागिएको भए निजको जवाफ वा स्पष्टीकरण समेत उपर विचार गरी सल्लाहकार समितिले नजरबन्दको अवधि बढाउनु आवश्यक छ वा छैन भन्ने राय नेपाल सरकारसमक्ष पठाउनेछ ।
८.३ सल्लाहकार समितिले आवश्यक देखेमा नजरबन्दमा रहेको व्यक्तिसित कुनै कुरा सोधपुछ गर्न वा स्पष्टीकरण माग गर्न सक्नेछ ।